arrow

टोपबहादुर दोषी छैनन् भने किन लुकेर बसेका ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
pradeep-yadav-parsa-1-jasapa-mp-2079-2022.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन जोडतोडले माग गरिएको छ ।

सोही क्रममा प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

शून्य समयमा बोल्दै उनले उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि एमालेका सचिव टोपबहादुर रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।

उनले भने, ‘यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ र’

उनले टोपबहादुरका छोरा पक्राउ पर्नुले पनि यसलाई थप बल पुगेको अवस्था रहेको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ