arrow

डा. तोशिमाले सोधिन् – भ्रष्टाचारमा कहाँनिर लिंग जोडिएको हुन्छ ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
toshima-karki-lalitpur-3-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले भ्रष्टाचारमा लिंग कहाँ जोडिएको हुन्छ भनेर प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको मंगलबारको शून्य समयमा बोल्दै डा. कार्कीले भ्रष्टाचारमा कहाँनिर लिंग जोडिएको हुन्छ भनी प्रश्न गरेकी हुन् । 

डा. तोशिमाले सोधिन्, ‘एक महिला माननीय सांसदज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसात्मक भयो मलाई उत्तर दिनुपर्यो भ्रष्टाचारमा कहाँनिर लिंग जोडिएको हुन्छ ?’

उनले भ्रष्टाचारमात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको भन्दै अपराध भएकाले कारबाही हुनुपर्छ भनिन् । 

उनले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेबारे भनिन्, ‘सम्पत्ति सार्वजनिक गर्ने कुरा पनि उठ्यो । हामी सम्पूर्णले यो सदनलाई सम्पत्ति विवरण बुझाइसकेका छौँ । आजै तत्कालै वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरियोस् । र करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’ 

उनले सोधिन्, ‘यो सदन देश निर्माणको छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ?’

उनले अगाडि भनिन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्धारा पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तर्राष्ट्रिय जगतमा समेत राष्ट्रलाई नै राज्यलाई नै दलाल स्थापित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ