काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर भिड्दै छन् ।
खेल वाङ्खेडे मैदानमा हुँदैछ । यो खेल जित्ने टिमको प्लेअफ सम्भावना बलियो हुनेछ भने हार्ने टिम मुस्किलमा पर्नेछ ।
तसर्थ प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न दुवै टिमलाई जित्नैपर्नेछ ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर, पञ्जाब किंग्स र मुम्बई इन्डियन्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।