arrow

एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
ssp-.jpg

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पदोन्नति भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  

नेपाल सरकार उपप्रधान तथा गृहमन्त्री स्तरको २४ बैशाखमा  भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरुलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् । 

दर्ज्यानी चिह्न पाउनेहरुमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन रहेका छन् । 

यसैगरी प्राविधितर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. संज्ञा मल्ल, डा. दिवा शर्मा र डा. आषिश दत्तले दर्ज्यानी चिह्न पाएका हुन् । 

सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ