arrow

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रविले संसदमा भने – ताप्के नसेलाओस्  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नियमित कर्मकाण्डीमा अर्थमन्त्रीको कार्यक्रम आएको भन्दै अहिलेको समय सापेक्ष अगाडि बढाउन माग गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयकमाथि धारणा राख्दै सभापति लामिछानेले फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा आउँदैन भन्दै फरक शैलीमा जानुपर्नेमा जोड दिए । 

उनले सो क्रममा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डबारे बोल्दै ‘ताप्केको बीड तात्यो तात्दै तात्दै गरेको ताप्के सेलाएको छ ताप्के नसेलाओस्’ भनेका छन् । 

उनले मिलिजुली एक अर्कालाई जोगाउने काम पनि नहोस् भन्दै खबरदारी गरेका छन् । उनले आफ्नो पार्टीले गम्भीरपूर्वक नियालिरहेकोसमेत स्पष्ट पारेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ