arrow

लुगा फुकालेका अमरेशको स्वास्थ्य परीक्षण गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
amresh-kumar-singh-sarlahi-4-ind-mp-2079-2022.jpg

काठमाडौं । प्रतिनिधि सभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य परीक्षण गर्न सांसद अच्युतप्रसाद मैनालीले माग गरेका हुन् ।

‘सभामुख महोदय, संसदमा जे गतिविधि देखापरेको छ, माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु । र मानव आतंक चलिरहेको यो सेरोफेरोमा म हात्ती आतंकको कुरा उठाउन खोजिरहेको छु,’ सांसद मैनालीले बैठकमा भने । 

सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि सांसद सिंहले लुगा लगाएका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ