कोलकाता र पञ्जाब भिड्दै, हारले कोलकाताको प्लेअफ दाबेदारी टुंगिने
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज एउटामात्र खेल हुँदैछ । आज कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स खेल्नेछन् । खेल इडेन गार्डेनमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।
यो खेल कोलकाताका लागि गर या मरको खेल हो । यो खेल जित्दा कोलकाताको प्लेअफ सम्भावना जीवितै रहन्छ भने हार्दा प्लेअफ सम्भावनाबाट बाहिरिने पहिलो टिम बन्नेछ ।
पञ्जाबको भने यो खेल जित्दा प्लेअफ दाबेदारी कायमै रहने छ भने हार्दा सम्भावना कमजोर हुनेछ ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।