arrow

हैदराबादको प्लेअफ छनोट आशा जीवितै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
ipl-haidarabad-win-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सुनराइजर्स हैदराबाद विजयी भएको छ । 

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै हैदराबादले प्लेअफ छनोट आशालाई जीवितै राखेको हो । 

जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले २ विकेटको क्षतिमा २१४ रन बनायो । जोस बटलरले ५९ बलमा ९५ रन बनाए । कप्तान सन्जु सामसनले ३८ बलमा अविजित रहँदै ६६ रन बनाए । यशस्वी जयसवालले १८ बलमा ३५ रन बनाए । 

जवाफमा हैदराबादले अन्तिम बलमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । सनसनीपूर्ण जित हासिल गर्ने क्रममा अविशेख शर्माले ३४ बलमा ५५, राहुल त्रिपाठीले २९ बलमा ४७, अनमोलप्रित सिंहले २५ बलमा ३३, हेन्रिच क्लासेनले १२ बलमा २६, ग्लेन फिलिप्सले ७ बला २५ तथा अब्दुल सामदले ७ बलमा अविजित रहँदै १७ रन जोडे । युजभेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए पनि टिमलाई जिताएनन् । 

अंक तालिका 
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ । 

लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ