arrow

संसदका सचिवद्वय पाण्डेय र अर्यालले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
sanghiya-sachibalaya-secretaries.jpg

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् । 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रिय सभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् । 

शपथ लिएपछि उनीहरुले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ