आईपीएलमा आजः जित्दा गुजरात प्लेअफ नजिक, हार्दा हैदराबाद बाहिरिने
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे गुजरात टाइटान्स र लखनउ सुपर जाइन्टस भिड्दै छन् ।
खेल अहमदाबादमा हुँदैछ । यो खेल जित्दा गुजरात प्लेअफ नजिक पुग्नेछ भने लखनउ दोस्रो स्थानमा पुग्नेछ ।
बेलुकी ७ः४५ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । जयपुरमा हुने खेल जित्दा राजस्थान तेस्रो स्थानमा पुग्ने सम्भावना रहन्छ भने पहिलो पहिलो पटक पुछारमा पुगेको हैदराबाद नवौं स्थानमा आउन सक्नेछ । यो खेल हार्दा हैदराबाद प्लेअफमा पुग्ने सम्भावनाबाट बाहिरिने पहिलो टिम हुनेछ ।
अंक तालिका
१० खेलबाट १४ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको १० खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
कोलकाता नाइट राइडर्स र लिल्ली क्यापिटल्सको ८ अंक छ । सनराइजर्स हैदराबाद ६ अंकबाट पुछारमा झरेको छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।