arrow

मुम्बईको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
ipl-channai-mumbai-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले लज्जास्पद हार बेहोरेको छ । शनिबार बेलुकी चेन्नईमा भएको खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो । 

पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १३९ रन बनायो । नेहाल वाधेराले सर्वाधिक ६४ रन बनाएको इनिङ्समा सूर्यकुमार यादवले २६ रन बनाए । कप्तान रोहित शर्मा कीर्तिमा १६ औं पटक शून्यमा आउट भए । 

चेन्नईका प्लेयर अफ द म्याच माधीशा पथिरानाले १५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दीपक चहर र तुशार देशपान्डेले २–२ विकेट लिए । 

जवाफमा चेन्नईले १७.४ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्यो । देवोन कन्वेले ४४ तथा ऋतुराज गायकवाडले १६ बलमा ३० रन बनाए । पियुश चावलाले २ विकेट लिए । 

अंक तालिका 
१० खेलबाट १४ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ । 

लखनउ सुपर जाइन्टसको १० खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

कोलकाता नाइट राइडर्स र लिल्ली क्यापिटल्सको ८ अंक छ । सनराइजर्स हैदराबाद ६ अंकबाट पुछारमा झरेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ