arrow

टेक्सासमा ट्रकको ठक्करबाट प्रमिला सुवेदीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
pramila-subedi-killed-usa.jpg

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । 

उनी एनआरएन आईसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् । रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । 

ट्रकको ठक्करवाट घाइते ४७ वर्षीया सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएको छ । दुई दशकदेखि सुवेदी दम्पत्ति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । 

उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ