arrow

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
ipl-kolkata-haidarabad.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ । कोलकाताले बिहीबार रातिको खेलमा हैदराबादलाई मात्र ५ रनले हरायो । 

पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १७१ रन बनायो । रिंकु सिंहले ३५ बलमा ४६ तथा कप्तान नितेश रानाले ३१ बलमा ४२ रन बनाए । 

हैदराबादलका मार्के जासेन र टी नटराजनले समान २ विकेट लिए ।

जवाफमा हैदराबादले ८ विकेटको क्षतिमा १६६ रनमात्रै बनाउन सक्यो । कप्तान आइदेन मार्करमले ४० बलमा ४१ तथा हेन्रिच क्लासेनले २० बलमा ३६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिए । 

अंक तालिका 
९ खेलबाट १२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १० खेलबाट लखनउ सुपर जाइन्टस र चेन्नई सुपर किंग्सको ११ अंक छ । 

राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

कोलकाता नाइट राइडर्स १० खेलबाट ८ अंकसहित आठौं स्थानमा छ । सनराइजर्स हैदराबाद र पुछारको दिल्ली क्यापिटल्सको ६ अंक छ ।  

आजको खेल
आज बेलुकी ७ः४५ बजे जयपुरमा राजस्थान र गुजरात भिड्दै छन् । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ