arrow

आत्महत्या दुरुत्साहन मुद्दा आरोपी रुंगटा भूमिगत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
pradip-rungata-danapani-sangh.jpg

वीरगञ्ज । नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीप रुंगटाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा परेपछि उनी भूमिगत भएका छन् । मानसिक यातनाका कारण शंकर कँडेलले आत्महत्या गरेको भन्दै उनको परिवारले प्रहरीमा रुंगटासहित चार्टड एकाउन्टेन्ट जीवन रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएपछि उनी भूमिगत भएका हुन् । 

नेपाल दाना संघले पनि उनलाई निलम्बन गरेको पाइएको छ । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालीमा संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर रुंगटालाई बेचेका थिए । 

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुंगटा र रावलले अनेक झमेला सिर्जना गरी मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ