arrow

मुम्बईको सनसनीपूर्ण जित, २१४ रन बनाएर पनि पञ्जाब पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
ipl-tim-david-tilak-verma.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले बुधबार रातिको खेलमा पञ्जाब किंग्सलाई पराजित गरेको हो । मोहालीमा भएको खेलमा मुम्बई ६ विकेटले विजयी भयो । 

पहिले ब्याटिङ गरेको पञ्जाबले ३ विकेट गुमाएर २१४ रन बनायो । लियाम लिभिङस्टोनले ४२ बलमा ४ छक्का र ७ चौकाको मद्धतले अविजित रहँदै ८२ रन बनाए । त्यस्तै जितेश शर्माले २७ बलमा अविजित ४९ तथा कप्तान शिखर धवनले २० बलमा ३० रन बनाए । पियुश चावलाले २ विकेट लिए । 

जवाफमा मुम्बईले ४ विकेटको क्षतिमा १८.५ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । मुम्बईको यो अहिलेसम्मकै सर्वाधिक रन पछ्याएर जितेको रेकर्ड हो । यसअघि यो रेकर्ड २१३ रनको रहेको थियो । 

मुम्बईलाई जिताउन प्लेयर अफ द म्याच इशान किशानले ४१ बलमा ७५, सूर्यकुमार यादवले ३१ बलमा ६६ तथा तिलक वर्माले १० बलमा अविजित रहँदै २६ रन बनाए । कप्तान रोहित शर्मा भने १५ पटक शून्यमा आउट भएको रेकर्ड बनाए । 

अंक तालिका 
९ खेलबाट १२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस र चेन्नई सुपर किंग्सको ११ अंक छ । राजस्थान रोयल्स,  रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र पुछारको दिल्ली क्यापिटल्सको ६ अंक छ ।  

आजको खेल
आज बेलुकी ७ः४५ बजे हैदराबादले घरेलु मैदानमा कोलकातासँग खेल्दैछ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ