'एमाले कार्यकर्ता बेइमान हुँदैनन्, बेइमान छ भने त्यो एमाले होइन'
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
732
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्ता बेइमान हुन नसक्ने बताएका छन् ।
एक कार्यक्रममा अध्यक्ष ओलीले इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले भने, 'एमाले कार्यकर्ता बेइमान हुँदैनन् । बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।'
यसअघि ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका थिए।
ओलीले ‘बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’ भनेका थिए ।
नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उनले बताए ।
उनले एमाले कुनै ठाउँमा नेता तथा कार्यकर्ता नपुगेर कमजोर रहेको भनाइ राखे ।