arrow

साढे दुई महिनाको उपचारपछि कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
chandra-bhandari-congress.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगलागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् ।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए । नेता न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ । 

पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गरेका छन्। सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ