arrow

कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
kuber-kadayat-speaker-police-2080.jpg

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर  कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ ।  
        
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ