arrow

रवि र स्वर्णिमको शपथ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
ravi-swarnim-upendra.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका दुई जनाले आज सांसदको शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र  रास्वपा नेता स्वर्णिम वाग्लेले शपथ लिन लागेका हुन् । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने बारामै भएका कारणा शपथ लिने छैनन् । 

निर्वाचित उम्मेदवारलाई सभामुख देवराज घिमिरेले बिहान साढे ११ बजे शपथ खुवाउने कार्यक्रम रहेको छ । 

गत वैशाख १० को उपनिर्वाचनमा  चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए । 

लामिछाने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई हराउँदै चितवन २ बाट प्रतिनिधि सभा सदस्य बनेका हुन् ।  लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी हुँदा कांग्रेसका श्रेष्ठ ११ हजार २१४ मत ल्याएका थिए ।  

तनहुँ १ बाट  रास्वपाका वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भए भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मत ल्याएका थिए  । 

बारा २ बाट विजयी जसपा अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । 

लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएपछि, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि तीन स्थानमा उपनिर्वाचन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ