arrow

चेन्नई–राजस्थानबीच शीर्ष स्थानको भिडन्त, बेंगलोरमाथि कोलकाता हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
ipl-t20-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति अहमदाबादको मैदानमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्यो । 

पहिले ब्याटिङ गरेको कोलकाताले ५ विकेटको क्षतिमा २०० रन बनायो । जासन रोयले ५६ तथा कप्तान नितिश रानाले ४८ रन बनाए । 

विनयकुमार भ्याशक र वानिन्दु हसरंगा डे सिल्भाले २–२ विकेट लिए । 

जवाफमा बेंगलोरले ८ विकेटको क्षतिमा १७९ रनमात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले ५४ तथा महिपाल लोम्रोरले ३४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

वरुण चक्रवर्तीले ३ तथा आन्द्रे रशेल र सुयाश शर्माले २–२ विकेट लिए । 

अंक तालिका 
चेन्नई सुपर किंग्स ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहेको छ । ७ खेलबाट १० अंकसहित गुजरात टाइटान्स दोस्रो स्थानमा रहेको छ । 

७ खेलबाट ८ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टस ७ खेलबाटै ८ अंकसहित चौथो स्थानमा छ । 

रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।  

कोलकाता नाइट राइडर्स ८ खेलबाट ६ अंकसहित सातौं तथा मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित आठौैं स्थानमा रहेको छ । 

७ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।  

आजको खेल
आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे रोजस्था रोयल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

यो खेल जित्दा चेन्नईले शीर्ष स्थानमा स्पष्ट दुई अंकको अन्तर बनाउने छ । राजस्थान विजयी हुँदा शीर्ष स्थानमा पुग्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ