arrow

बढुवा भएका डीआईजीहरुको पदस्थापन, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
police-head-Q.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका डीआईजीहरुको पदस्थापन गरेको छ । जसअनुसार विष्णुकुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरतबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली र रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको छ । 

त्यस्तै राजेशनाथ बास्तोलालाई, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, चन्द्र कुबेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौं र जनक भट्टराईलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा पदस्थापन गरिएको छ । 

त्यस्तै लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सुरेन्द्रप्रसाद मैनालीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय, अर्जुनचन्द ठकुरीलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौ, यज्ञविनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं र विकाशराज खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा पदस्थापन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ