सरकारले ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने ब्यवस्था बढाएर दश वर्ष पुर्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
770
Shares
तस्बिर – फाइल ।
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १० वर्षमा गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।
नवीकरण पाँच वर्षमा छिटो हुने भएकोले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानूनी रुपमै प्रक्रिया अगाडि बढाएको मन्त्री ज्वालाले बताए । यसले नयाँ स्मार्ट कार्ड छाप्नका लागिसमेत चाप कम हुने मन्त्री ज्वालाको अपेक्षा छ ।