arrow

कम योगफलमा पनि दिल्लीको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
ipl-delhi-capitals-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति हैदराबादको मैदानमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गर्यो । 

पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन बनायो । मनिष पाण्डे र अक्षर पटेलले समान ३४ रन बनाए । दिल्लीका एक्ला खम्बा कप्तान डेभिड वार्नरले २१ रन जोडे । हैदराबादका लागि वासिंगटन सुन्दरले सर्वाधिक ३ विकेट लिए । 

जवाफमा मध्यम चुनौती हैदराबादले ६ विकेट गुमाएर १३७ रनमात्र बनायो । मयंक अग्रवालले ४९ तथा हेन्रिच क्लासेनले ३१ रन बनाए । एन्रिच नोट्जे र अक्षर पटेलले २–२ विकेट लिए । 

अक्षर प्लेयर अफ द म्याच भए । जारी सिजनमा सबैभन्दा कमजोर आँकिएको दिल्लीले दोस्रो जित हासिल गर्दै फर्ममा फर्केको संकेत गरेको छ । 

अंक तालिका 
चेन्नई सुपर किंग्स ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहेको छ । ७ खेलबाट ८ अंकसहित राजस्थान रोयल्स दोस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टस ७ खेलबाटै ८ अंकसहित तेस्रो स्थानमा छ । 

गुजरात टाइटान्स ६ खेलबाट ८ अंकसहित चौथो, रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।  

मुम्बई इन्डियन्स ६ खेलबाट ६ अंकसहित सातौैं स्थानमा रहेको छ । 

७ खेलबाट कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।  

आजको खेल
आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे गुजरात टाइटान्स र मुम्बई इन्डियन्स भिड्दै छन् । खेल अहमदाबादमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ