arrow

बलात्कार आरोपी सन्दीपको सुनुवाइ १३ दिन पछि धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको बहस भएको र जाहेरवालाहरूले लामो बहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।

सर्वोच्च अदालतले छिट्टै मुद्दाको निर्णय गर्न जिल्ला अदालतलाई भनेको भए पनि जिल्ला अदालतले भने फेरि १३ दिन पछि उक्त मुद्दा धकेलेको हो । 

सन्दीप हाल काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट खेलिरहेका छन् । उनीविरुद्ध गत वर्षको भदौ २१ गते नाबालिग बलात्कारको उजुरी परेको थियो । उनलाई भदौ २३ गते नै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

तर उनी विदेशबाट एक महिनापछि मात्र काठमाडौं आएका थिए । 

उनलाई त्यसपछि पक्राउ गरेरै अनुसन्धान गरिएको थियो । कार्तिक १८ गते उनलाई जेलमा राखेर कानूनी प्रक्रिया अगाडि बढाइएको थियो । 

तर उच्च अदालत पाटनले भने पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश दिएको थियो । उनी २९ गते रिहा भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ