काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ । गएराति वाङ्खेडे मैदानमा भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई १३ रनले विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको पञ्जाबले ८ विकेटको क्षतिमा २१४ रन बनायो । कप्तान साम कुरानले २९ बलमा ५५ तथा हरप्रित सिंहले २८ बलमा ४१ रन बनाए ।
पियुष चावला र क्यामरुन ग्रिनले २–२ विकेट लिए । जवाफमा मुम्बई जित नजिक पुगेर पनि हारको सामना गर्न पुग्यो । मुम्बईले ६ विकेटको क्षतिमा २०१ रन बनायो ।
मुम्बईलाई अन्तिम ओभरमा १५ रनको आवश्यकता रहेका बेलामा बलिङ गर्न आएका अर्शदीप सिंहले २ रन दिएर २ विकेट लिएसँगै मुम्बई पराजित भयो ।
क्यामरुन ग्रिनले ४३ बलमा ६७, सूर्यकुमार यादवले २६ बलमा ५७ तथा कप्तान रोहित शर्माले २७ बलमा ४४ रन बनाए । त्यस्तै टिम डाभिडले १३ बलमा २५ रन बनाए ।
अर्शदीपले २९ रन दिएर ४ विकेट लिए । साम कुरान प्लेयर अफ द म्याच भए ।
अंक तालिका
राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस ६ खेलबाटै ८ अंकसहित दोस्रो स्थानमा छ ।
चेन्नई सुपर किंग्स पनि ६ खेलबाटै ८ अंकसहित तेस्रो स्थानमा छ । गुजरात टाइटान्स ६ खेलबाट ८ अंकसहित चौथो तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोर ६ खेलबाट ६ अंकसहित छैटौं तथा मुम्बई इन्डियन्स ६ खेलबाट ६ अंकसहित सातौैं स्थानमा रहेको छ ।
कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ४ अंक छ ।
६ खेलबाट २ अंक जोडेको दिल्ली पुछारमा छ ।
आजको खेल
आज दुई वटा खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच भिडन्त हुँदैछ ।
बेलुकी ७ः४५ बजे चेन्नई सुपर जाइन्टस र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।