arrow

अन्तिम ओभरमा चार विकेट लिँदै जित्यो गुजरातले

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
ipl-gujarat-titans-lakhnau-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक गुजरात टाइटान्सले सनसनीपूर्ण जित हासिल गरेको छ । गुजरातले शनिबार बेलुकी सम्पन्न खेलमा लखनउ सुपर जाइन्टसलाई ७ रनले हरायो । 

लखनउमा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा १३५ रन बनायो । 

कप्तान हार्दिक पाण्डेयाले ५० बलमा ६६ रन बनाए । ऋद्धिमन साहाले ३७ बलमा ४७ रन बनाए । क्रुनाड पाण्डेया र मार्कस स्टोइनिसले २–२ विकेट लिए । 

जवाफमा लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रन बनायो । अन्तिम ओभरमा जितका लागि मात्र १२ रन चाहिएकामा लखनउले ४ विकेट गुमाएर मात्र दुई रन लिएपछि लखनउले हार्यो । 

एकाएक हार नजिक पुगेको गुजरातका लागि उत्कृष्ट बलिङ गरेका मोहित शर्माले लगातार दुई विकेट लिएर ह्याट्रिक नजिक थिए । उनले ह्याट्रिक नलिए पनि टिमले भने लगातार चार विकेट लियो । दुई खेलाडी रनआउट भएका थिए । 

२ ओभरमा १७ रन दिएर २ विकेट लिएका मोहित नै प्लेयर अफ द म्याच भए । 

खेलमा नुर अहमदले पनि २ विकेट लिए । राशिद खानले १ विकेट मात्रै लिए । 

अंक तालिका 
राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस ७ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स पनि ८ अंकसहित तेस्रो स्थानमा छ । 

६ खेलबाट ८ अंक नै जोडेको साविक विजेता गुजरात टाइटान्स चौथो स्थानमा छ । 

रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान ६ अंक रहेको छ । 

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ४ अंक छ । 

६ खेलबाट २ अंक जोडेको दिल्ली क्यापिटल्स पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ