arrow

सेनामा एकै पटक ४५ सयलाई जागीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
Nepal-army-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । लामो समयपछि नेपाली सेनामा जागीर खुलेको छ । नेपाली सेनाले आज गरेको विज्ञापन अनुसार ४५ सय जनाका लागि जागीर खुलाएको हो ।

जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुलातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । 

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेसी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागीर खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।

सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ वर्ष राखिएको छ । 

फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अडडाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ