arrow

निष्ठाको राजनीति गरी जनताको अदालतमा गोविन्द भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
govinda-bhattarai-profile1.jpg

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बुधबार तनहुँको डुम्रेमा आयोजित कार्यक्रममा भने, ‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौँ । गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबारको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जब नेपाली कांग्रेसका उम्मेदवार भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउन आश्वासन दिए तब मतदाता पनि थप विश्वस्त हुँदै ढुक्क हुन खोजेका छन् । 

कतिपय नेताहरुले अवसर नपाउँदा उनीहरुको इमानदारीले काम नगरेका उदाहरण नेपाली राजनीतिमा प्रशस्तै छन् । जब प्रचण्डले यदि भट्टराईले जिते मन्त्री बनाउँछु भने तब मतदाताले पनि गोविन्द भट्टराईको इमानदारी नमर्ने विश्वास गरेको पाइएको छ । 

त्यसो त गोविन्द भट्टराईको राजनीतिक जग बलियो छ । नेपाल विद्यार्थी संघ (नेवीसंघ) को राजनीति थालेर प्रमुख नेतृत्वमा रहँदै माउ पार्टी कांग्रेसको राजनीति गर्न थाले । उनी कांग्रेसका केन्द्रीय सदस्य छन् । उनले अहिलेसम्म स्वार्थको पद पाएका छैनन् । 

उनी आफ्नो क्षेत्रलाई नै विकासको खानी बनाउन चाहन्छन् । आफ्नो क्षेत्रका घरघरमा पुगेका छन् । उनले सांसदका लागि टिकट पाएको त पहिलो पटक मात्र हो । तर उनी हरेक स्थानीयसँग जोडिएका छन् स्वार्थविहीन । 

बिहीबार नेपाली कांग्रेस तनहुँले व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”

महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पुर्याएर उनमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताएर मतदातालाई आस्वस्त पारेका छन् ।

आगामी आइतबार हुने उपनिर्वाचनका लागि तनहुँ १ का कांग्रेसका उम्मेदवार भट्टराईलाई गठबन्धनका शीर्ष नेताहरुले भोट मागेका छन् । प्रचण्ड र विश्वप्रकाशमात्र हैन कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भोट मागेका छन् । 

कांग्रेस महामन्त्री गगनकुमार थापा त मनोनयन दर्ता गर्दाका साक्षी नै हुन् । गोविन्द भट्टराई आफू उम्मेदवार नहुँदा पनि कांग्रेसका उम्मेदवारलाई हरदम सघाइरहे । यही ठाउँबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ४ को निर्वाचन जितेका थिए । 

सोही प्रसङ्ग जोडेर प्रचण्डले बुधबारको सम्बोधनमा यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्याएको दाबी गर्दै भट्टराईलाई पनि उचित स्थान दिएर हौस्याएका हुन् । 

गोविन्दलाई बुझ्नेहरु जमीनमा जनतासँग भिजेको, जनताको दुःख सुखमा सँगै काम गरेको नेताका रुपमा बुझ्दै जसरी पनि चुनाव जिताउने बताउँछन् । 

उनी नेपालमा संस्थागत रूपमा भ्रष्टाचारविरुद्ध अभियान चलाउने पहिलो व्यक्ति हुन् । २०५४ सालतिर विमानस्थलबाट सुन तस्करीका घटना एकदम धेरै बढेको बेलामा नेवीसंघका सभापतिका रूपमा उनले यो अभियानको नेतृत्व गरेका थिए । यो अभियानको शुरुआत गोविन्दले एयरपोर्ट परिसरबाट मोटरसाइकल र्याली निकालेर गरेका थिए । सो मोटरसाइकल र्यालीको समापन कृष्णप्रसाद भट्टराईले गरेका थिए ।  

गोविन्दले थालेको यो अभियानपछि बल्ल नेपालका अन्य ठाउँहरूबाट पनि भ्रष्टाचार विरुद्धको संस्थागत अभियानहरू चलेका थिए । 

त्यसैले त उनी कांग्रेसी सबै नेताका प्यारा थिए । उनी एकताका किसुनजी (कृष्णप्रसाद भट्टराई) र गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) मात्रै होइन समकालीन नेताहरु सबैको रोजाइमा नेता भट्टराई पर्दै आएका थिए । 
   
राजनीतिमा निष्ठा, त्याग, समर्पण र  धैर्यता चाहिन्छ भन्ने सन्देश भट्टराईको राजनीतिक जीवनबाट लिन सकिन्छ । पार्टीभित्र विगतमा उचित स्थान नपाए पनि भट्टराईले धैर्यता गुमाएनन् त्यो नै उनको शक्ति हो । 

कस्तो छ गोविन्द भट्टराईको प्रोफाइल ? 
–०३४–०३५ सालबाट नवीसंघमा आबद्ध भई विद्याथी राजनीति शुरु गरेको ।
–०३६ सालको विद्यार्थी आन्दोलनमा तनहुँ जिल्लाको दमौलीमा भाग लिएर पञ्चायतविरुद्ध धावा बोलेको जुलुस गरेको ।
–०४२ सालको सत्याग्रहमा तनहुँमा काम गरेको ।
–०४२ सालको सत्यागृहमा तनहुँमा काम गरेको ।
–०४६ सालको विद्यार्थी आन्दोलन र ०६२–०६३ को विभिन्न आन्दोलनमा अग्रपंतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको ।
–कांग्रेसको राजनीतिमा बाल्यकालदेखि हालसम्म निरन्तरता ।
–०५३ सालमा नेवीसंघको सर्वसम्मत सभापति चयन भएको ।
–०५८ सालमा नेपाल तरुण दलको महासचिव भएको ।
–हाल कांग्रेसको केन्द्रीय सदस्य तेस्रो कार्यकाल ।
–युवा विद्यार्थीका हक अधिकारको लागि लडेको, पटक पटक सत्ताको दमन सहेको 
–नेवीसंघको सभापति हुँदा भ्रष्टाचारविरोधी देशव्यापी अभियान चलाएको, लाभको पदको लोभ नगरेको ।
–विद्यार्थीलाई अध्ययनको लागि सहुलियतपूर्ण ऋण ऋण दिनु पर्ने मागका लागि आन्दोलन गरी सम्झौता गराएको ।
– गुणस्तरीय र रोजगारमुलक शिक्षाको लागि संघर्ष गरेको ।
–युवालाई रोजगारी दिएको र सबै युवालाई स्वदेशमा नै रोजगारी दिनुपर्छ भन्ने मान्यता बोकेको ।
–खानेपानीको अभियान्ता ।
–जिल्लाको विकास संरचना निर्माण गर्नको लागि पदमा नरहेर पनि योगदान गरेको ।
–मृदुभाषी, स्पष्टवक्ता, सिद्धान्तनिष्ठ भएको ।
–राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई प्रतिनिधि सभा सदस्य विजयी गराउन महत्वपूर्ण भूमिका खेलेको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ