arrow

सरकारले जग्गा कित्ताकाट खुला गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
cabinet-2080-01-05a.jpg

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूउपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् । 

उनले भूउपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ