arrow

भीम रावल र विष्णु पौडेलको टिमबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
bishnu-poudel-bhim-rawal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलसँग पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले छलफल गरिरहेको छ । पार्टी मुख्यालय च्यासलमा वार्ता चलिरहेको हो । 

पौडेल नेतृत्वको टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् । पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका पौडेल सुदूरपश्चिममा जाँदा रावललाई गाली गर्न उनी निकटका नेताहरुले प्रतिबन्ध लगाएपछि अपमान ठानेका पौडेलले आफ्नै नेतृत्वमा टोली गठन गरेका हुन् । 

तर टोली गठनको दुई सातापछिमात्रै वार्ता भइरहेको हो । पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमासमेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताइएको छ । 

सुदूरपश्चिममा पकड कायम राखेका रावललाई पार्टीले नै उनलाई टाढा राखेको उनको आरोप छ । यसपालि त प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीसमेत दिन दिइएन । 

रावलको दोष भनेको दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका थिए । 

रावल वार्ताका लागि तयार
यता रावलले पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न आफू तयार रहेको बताएका छन् । उनले आफूलाई वार्ता गर्न कुनै समस्या नरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ