राष्ट्र बैंक भन्छ –चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
508
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।
समीक्षा अवधिमा चालु खाता रू ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ४६० अर्ब ७२ करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु १४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।