arrow

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीलाई जीपी कोइराला फाउन्डेशन अमेरिकाको कार्यालयमा स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
ajayababu-shiwakoti-gpkoirala-foundation.jpg

न्यूयोर्क । जीपी कोइराला फाउन्डेशनको कार्यालय उडसाइड न्यूयोर्कमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी एवं फाउन्डेशनका पदाधिकारीहरूबीच सौहार्दपूर्ण भेटघाट एवं छलफल भएको छ । 

शिवाकोटीलाई फाउन्डेशनका उपाध्यक्ष शुवर्ण लामाले खादालगाइ स्वागत गरेका थिए । सो अवसरमा फाउन्डेशनका सदस्यहरु सांगतेम्बा शेर्पा, नोर्बु शेर्पा, टासी शेर्पा, पासांग शेर्पा, नेपाली कांग्रेसका युवा नेता टक रुवाली लगायतको उपस्थिति रहेको थियो ।

भेटपछि केन्द्रीय सदस्य शिवाकोटीले जीपीके फाउन्डेशन अमेरिकाले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको र अमेरिकामा पनि समाजसेवी भइ नेपाल र नेपालीलाई चिनाउन अहम् भूमिका खेल्दै आएकोमा हर्षित रहेको उल्लेख गर्दै आगामी दिनहरूमा फाउन्डेशनसँग सहकार्य गर्दै जानेमा आफू विश्वस्त रहेको बताए । 

शिवाकोटीले आफू फाउन्डेशन अमेरिकाको कार्यालयमा प्रवेश गर्दा आफ्नै घर आएको महसुस गरेको र आफू जहाँ रहे पनि नेपाल र नेपालीको पहिचान एवं भलाइ र उन्नतिमा सदा लागि पर्न फाउन्डेशनका सदस्यहरुलाई आग्रह  गरे । 

सो अवसरमा युवा नेता टंक रुवालीले स्व गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा दिएको ऐतिहासिक योगदान र शान्ति प्रकृया एवं समसामयिक राजनैतिक परिवेशको बारेमा स्मरण गर्दै स्वर्गीय गिरीजाप्रसाद कोइराला जस्तो निडर नेताको नेपालमा अभाव भएको बताए । 

नेपालमा राणाशासनदेखि गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश, जनता र क्रान्तिको लागि समर्पित गरेका कोइराला एक अद्वितीय राजनीतिज्ञ भएको फाउन्डेशनका उपाध्यक्ष्य सुवर्ण लामाले बताए । 

अध्यक्ष घिमिरेले केन्द्रीय सदस्य शिवाकोटीलाई आफ्नो भ्रमणको व्यस्त समयका बाबजुद फाउन्डेशन परिवारलाई माया गरी कार्यालयमा भ्रमण गरी आफ्ना अमूल्य विचार राखेकामा फाउन्डेशन परिवारको तर्फबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दै उनको अमेरिकाको भ्रमण अत्यन्त फलदायक रहोस् भन्ने कामना गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ