arrow

डीआईजी पोखरेल र जोशीको काज सरुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको छ । मंगलबार साँझ प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो ।

प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ । त्यहाँ कार्यरत मीरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखविहीन भएको थियो ।

यस्तै डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो रिक्त थियो । जोशी यसअघि अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

नेपाल प्रहरीको जनपदतर्फ २० जना डीआईजीको दरबन्दी रहेको छ । तर हाल ७ जना मात्रै कार्यरत छन् । १३ जना डीआईजीको दरबन्दी खाली छ । सरकारले रिक्त डीआईजीमा बढुवा गर्ने तयारी गरेको छ । डीआईजी नहुँदा कोशी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले सम्हालिरहेका छन् । 

डीआईजी बढुवामा बढी नै आकांक्षी देखिएपछि बढुवामा समस्या परेको छ । केही एसएसपीहरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सरकारी निवासमा पनि धाउन थालिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ