arrow

पत्नी बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
bhuwan-giri-judge-rape-wife.jpg

काठमाडौं । पत्नी बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

आरतीलाई गिरीले सोमबारमात्रै बोलाएर आफैँसँग राखेको भए पनि आरतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै साथीलाई गुहारेसँगै उनी पक्राउ परेका हुन् । 

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ