ओमिक्रोनका सात वटा भेरियन्ट सक्रिय, सचेत रहन मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
919
Shares
काठमाडौं । कोरोना भाइरसका ओमिक्रोनका सबै भेरियन्ट नेपालमा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएका २४ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको पछिल्लो पटकको परीक्षण नतिजाअनुसार २४ वटै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट (बीए १.१, बीए २, बीए २.७६, बीए ५, बीए ५.२, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।
भारतमा ओमिक्रोन १.१६ संक्रमण फैलिएको हुँदा नाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा तीव्र रुपले कोरोना बढिरहेको छ । मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।