अनियन्त्रित शैलीमा फैलँदै कोरोना, एकैदिन थपिए ७६ जना
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
724
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी अनियन्त्रित शैलीमा फैलिइरहेको छ । सोमबार एकैदिन ७६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा ३४५ पीसीआर परीक्षणबाट ४९ जनामा संक्रमण देखिएको हो । यो परीक्षणको १४ प्रतिशत भन्दा बढी हो ।
त्यस्तै ८०६ एन्टिजेन परीक्षणबाट २७ जना संक्रमित पाइएका हुन् । मात्र १६ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमित बढेर पीसीआरका मात्रै २२७ जना पुगिसकेका छन् । सोमबार २८ हजार ७०३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना बढेसँगै नेपालमा पनि ह्वात्तै बढेको छ । सचेतना भने अपनाएको पाइएको छैन ।