माओवादीसहित ६ दलले समर्थन फिर्ता लिएको पत्र शेरचनलाई बुझाउने तयारी
नारायण वली,
प्रकाशित २०७९ चैत १२ आइतबार
821
Shares
रुपन्देही । एमाले नेतृत्व लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएकाे माओवादीसहित ६ दलले सरकारलाई समर्थन फिर्ता लिएको जानकारी गराउन प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर पत्र बुझाउने तयारीमा छन् ।
यतिबेला प्रदेश प्रमुखको कार्यालय बुटवलमा माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा, नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेश प्रमुख शेरचनको पर्खाइमा रहेका छन् ।
साथै एमाले नेतृत्व सरकारमा मन्त्री बनेकाहरु पनि मन्त्री पदबाट राजीनामा दिएर प्रदेश प्रमुखको कार्यलयमा आएका छन् ।