arrow

तनहुँ-१ र बारा-२ मा आजबाट दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
upanirwachan-2080-election.jpg

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा दल दर्ता आजबाट शुरु हुँदै छ । 

प्रतिनिधिसभा सदस्य रिक्त रहेको तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । 

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि तीनै प्रतिनिधि सभामा उपनिर्वाचन हुन लागेको हो । 

आयोगले दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय दिएको छ । 

रिक्त रहेको अर्को चितवन क्षेत्र नं २ मा भने यसअघि नै दल दर्ता भइसकेको छ । 

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा उनको सांसद पद गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ