arrow

राष्ट्रपति पौडेलसँग बीआरआईमा मिलेर काम गर्न सी इच्छुक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
ramchandra-poudel-xi-hinping-china.jpg

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले  पदभार ग्रहण गरेकामा बधाइ दिएका छन् । आफ्नो बधाइ सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको विश्वसामु राम्रो दृष्टान्त प्रस्तुत गरेको बताएका छन् । 

चिनियाँ राष्ट्रपतिले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई थप सुदृढ पार्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड बीआरआई सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । 

त्यसैगरी उनले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्नका लागि सांस्कृतिक एवं जनता(जनताबीचको सम्बन्धलाई थप प्रगाढ पार्न आगामी दिनहरू अझ महत्त्वपूर्ण हने विश्वाससमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ