arrow

चैत ८ मा माओवादी घटकको अन्तरक्रिया कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
maoist-party(1).jpg

काठमाडौँ । माओवादी घटकका पार्टी तथा समूहले गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम सरेको छ । 

फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी धारका पार्टीको कार्यक्रम सरेको हो।

घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने भएको छ । त्यसको जानकारी आइतबार संयुक्त पत्रकार सम्मेलनमा दिइएको छ ।  

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू एक भएर प्रतिवाद गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ