arrow

बुढानीलकण्ठ निवासमा तयारी पूरा, २ बजेभित्र भण्डारीले शीतल निवास छोड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
bhandari-bidhya-adhyadesh.PNG

काठमाडौं । आइतबार रातिदेखि राष्ट्रपतिको कार्यकाल सकिएकी विद्यादेवी भण्डारी आज बुढानीलकण्ठ सर्दै छिन् । राष्ट्रपति भवन शीतल निवास छोडेर भण्डारी निजी निवास बुढानीलकण्ठ सर्ने तयारी गरेकी हुन् ।

भण्डारी शीतल निवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भएपछि त्यहाँको तयारी पूरा भएको छ । निजी निवासमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

 भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेर शीतल निवासमा रहेकी थिइन् । उनी २०७२ साल कात्तिक ११ गते पहिलो पटक र २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी थिइन् । राष्ट्रपतिको रूपमा भण्डारीको सात वर्षे बढी कार्यकाल गए रातिबाट सकिएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा रहेकी भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गरेपछि यहाँबाट छाड्ने छिन् ।  आज दिउसो दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथपछि २ बजे भित्र भण्डारी शीतल निवास छोड्ने तयारीमा छिन् । 

उनले आइतबार आफ्नो कार्यकालको अन्तिम दिन  शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन् । 

उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरूलाई  भेटघाट र चियापान गराएकी थिइन् । 

 गत बिहीबार नयाँ राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता पौडेल निर्वाचित भएका थिए । शपथसँगै पौडेल निजी निवास बोहोराटारबाट राष्ट्रपति निवास शीतल निवास सर्ने छन् ।  पौडेलले दिउँसो १ बजे राष्ट्रपतिको शपथ लिँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ