arrow

बुढानीलकण्ठ सर्ने तयारीमा विद्यादेवी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुढानीलकण्ठ सर्ने तयारीमा छिन् ।  शीतल निवास छोडेर राष्ट्रपति भण्डारी निजी निवास बुढानीलकण्ठ सर्ने तयारी गरेकी हुन् ।

 राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिने भएसँगै उनी भोलि सर्न लागेकी हुन् । राष्ट्रपति भण्डारी  दुई कार्यकाल शीतल निवासमा रहेकी थिइन् । उनी २०७२ साल कात्तिक ११ गते पहिलो पटक र २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी थिइन् ।

 भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिँदै छन्।  गत बिहीबार नयाँ राष्ट्रपतिमा कांग्रेस वरिष्ट नेता पौडेल निर्वाचित भएका थिए । शपथसँगै पौडेल निजी निवास बोहोराटारबाट राष्ट्रपति निवास शीतल निवास सर्ने छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ