स्थानीय तहलाई बलियो बनाउन सरकार प्रतिवद्ध : मन्त्री शर्मा
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
389
Shares
तनहुँ । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले नागरिकहरुलाई सेवा र सुविधा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन संघीय सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
आँवुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भनिन्, ‘स्थानीय सरकार बलियो बनाउन हामीहरु लागिपरेका छौँ । जेठ १५ गते प्रस्तुत हुने बजेट तयारीको क्रममा शुरु भएको छ, स्थानीय तहलाई संविधानले दिए अनुसारको काम गर्न बजेट दिने तयारीमा सरकार छ ।’
आँवुखैरेनी गाउँपालिकाले गरेका विकास निर्माणका काम सबैले देखेको बताउँदै आफ्नो ठाउँबाट आफूले सकेको सहयोग गर्ने बताइन् ।
सञ्चारलाई सहज र सरल बनाउन टेलिकमका टावरहरु बढाउने, सूचना प्राधिकरणको सहयोगमा समार्ट स्कुल निर्माण गर्ने, प्रविधिको सदुपयोग गर्न सिकाउने, साइवर नीति, साइवर कानुन समय अनुसार परिमार्जन गर्ने काममा मन्त्रालय लागि परेको उनले बताइन् ।
मन्त्री शर्माले मिडिया काउन्सिल ऐन, सञ्चार ऐन, बनाउने कार्यमा ध्यान गएको बताइन् ।
आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकामा जन्मथलो भइ ख्याती कमाएका अग्रजलाई सम्मान गरिएको थियो ।
गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।