arrow

पाँच डीआईजीको एआईजीमा बढुवा सिफारिस [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । 

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू क्रमशः बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफासि गरेको हो।

‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९र११र२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रकाशित गरिएको बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ । 

एआईजीमा बढुवा हुने यीमध्येबाट एक जनाले आगामी  १० चैतदेखि महानिरीक्षक भएर नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ