arrow

चुनाव हार्ने डरले अनेरास्ववीयूले लगायो आयुर्वेद क्याम्पसमा ताला, नेविसंघले थाल्यो अनसन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
aayurvedic-relay-ansan.jpg

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन शुरु गरेका छन् । एमबीबीएसका इन्टर्न प्रशिक्षार्थीले पनि स्ववीयू निर्वाचनमा मतदान गर्न पाउनुपर्छ भन्ने माग उठाएर अनेरास्ववीयू, अखिल क्रान्तिकारी लगायतले बिहीबारदेखि तालाबन्दी गरेपछि राति ८ बजे निर्वाचन समितिले निर्वाचन समितिको कार्यालयको कोठामा लगाएको तालाबन्दीको कारण देखाउँदै पूर्व घोषित निर्वाचनको कार्यक्रम अगाडि बढाउन नसकेको सूचना प्रकाशित गरेको थियो । 

स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनको सुनिश्चिताको लागि दबाबमुलक कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसोबाट विद्यार्थीहरु इन्द्रमणि बस्याल र आशिष अर्यालले अनसन शुरु गरेका हुन् । 

“हामीले पूर्वनिर्धारित तालिका बमोजिम स्ववीयूको निर्वाचन होस् भन्ने एकसुत्रीय माग राखेर रिले अनसन शुरु गरेका हौँ ।”, अनसनरत विद्यार्थी  इन्द्रमणि बस्याल भन्छन, “निर्वाचन आचारसंहिता बमोजिम क्याम्पसमा बन्द हड्ताल गर्न नपाइने र त्यसो भए  निर्वाचन समितिले हटाउन पाउने अधिकार हुँदा  पनि  निर्वाचन समितिले निर्वाचन स्थगित गरेको छ।”   

त्रिविले यसपटक निर्वाचन निर्देशिका बमोजिम अन्तिम परिक्षामा सामेल भएका विद्यार्थी स्ववीयू निर्वाचनमा सामेल हुन नपाउने नयाँ व्यवस्था गरेको छ । इन्टरर्न प्रशिक्षार्थीले अन्तिम परीक्षा उत्तीर्ण गरिसकेको हुनाले महाराजगंज मेडिकल क्याम्पसमा पनि एमबीबीएसका इन्टर्न प्रशिक्षार्थीले यसपटकको स्ववीयूमा  मतदान गर्न पाउने छैनन् ।

क्याम्पसमा नेविसंघको बाहुल्यता रहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ