‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं – केपी ओली
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
1.3k
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।
‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानसिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन् ।