arrow

बिग सिजी डे २.३.२३ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
big-cg-day-2323.jpg

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटल ई कमर्ले विगतमा जस्तै बिग सिजी डे २.३.२३ योजना फेरी ल्याएको छ। बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रूपमा सिजी डिजिटल ई कमर्सले मनाउँदै आएको पनि जानकारी गराएको छ।

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रडक्ट र सेवाहरू विशेष आकर्षक छुटमा यही मार्च ०२ देखी मार्च १० गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैङ्ककार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरूलाई  १२५ सम्मको थप विशेष छुट जस्ता विशेष सुविधा र छुटहरू पनि उपलब्ध रहेको छ।

बिग सिजी डे २.३.२३ मा सिजी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेशन, सिजी हस्पिटालिटीका विभिन्न प्रडक्ट तथा सेवा सुविधाहरूमा विभिन्न अफर रहेको छ।

यो बिग सिजी डे cgdigital.com.np अथवा सिजी डिजिटल एपमा लगिन गरी यस बिग सिजी डेको अफरहरूको फाइदा ग्राहकहरूले उठाउन कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ