arrow

नासाका चार अन्तरिक्ष यात्री अन्तरिक्षमा जाँदै [लाइभ भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nasa-spacex-astronaut.jpg

काठमाडौं । पहिलो प्रयासको करिब ७२ घण्टापछि स्पेसएक्सले नासाका अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा पठाउन बिहीबार ग्रीनविच मीन समय अनुसार ५ बजेर ३४ मिनेटमा रकेट प्रक्षेपण गर्दैछ ।

नासा र स्पेसएक्सको अन्तरिक्ष यात्री पठाउने प्रक्षेपण स्थगित

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस) मा जान लागेका नासाका दुई अन्तरिक्ष यात्रीहरू, एक रूसी अन्तरिक्ष यात्री र संयुक्त अरब इमिरेट्सका एक अन्तरिक्ष यात्री अन्तरिक्षम मानव कोशिकाको वृद्धिदेखि सूक्ष्म गुरुत्वाकर्षणमा दहनशील पदार्थहरू नियन्त्रण गर्ने सम्मका एक्सपेरिमेन्ट गरिने ६ महिनाको विज्ञान अभियानमा सामेल हुनेछन् ।

स्पेसएक्सको प्रक्षेपण वाहन फाल्कन ९ रकेट सहितको एन्डेभर नामक स्वायत्त रूपमा संचालित क्रु ड्र्यागन क्याप्सुल फ्लोरिडाको केप क्यानाभेरल स्थित नासाको केनेडी स्पेस सेन्टरबाट पूर्वी मानक समयअनुसार ११ बजेर ३४ मिनेटमा प्रक्षेपण हुनेछ ।

चार सदस्यीय चालक दल अथवा अन्तरिक्ष यात्रीहरु शुक्रबार बिहान प्रक्षेपण भएको लगभग २५ घण्टापछि पृथ्वीमाथि लगभग ४२० किलोमिटर टाढाबाट परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्नेछन् ।

हेर्नुहोस् लाइभ भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ