टर्किएमा अर्को भूकम्पको धक्का, कम्तीमा एकको मृत्यु ६९ घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
944
Shares
तस्बिर – फाइल ।
काठमाडौं । पूर्वी टर्किएमा सोमबार आएको ५.६ रेक्टर स्केलको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्किएले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।
भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो। यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ।
फेब्रुअरी २० मा दक्षिणी टर्किएको हाते प्रान्तमा गएको अर्को दुईनटा भूकम्पमा छ जनाको ज्यान गएको थियो ।