arrow

विविध कार्यक्रम गरी नयाँगाउँ माविले मनायो ६४ औं वार्षिकोत्सव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
nayagaun-mavi-2079.jpg

धुर्कोट । गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले आफ्नो ६४ औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष फागुन १२ गते विद्यालयले वार्षिकोत्सव मनाउने गर्छ । 

कार्यक्रममा प्रधानाध्यापक यज्ञप्रसाद गौतमले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विविध सांस्कृतिक कार्यक्रमसमेत गरेर कार्यक्रममा थप आकर्षक बनाइएको उक्त विद्यालयको वार्षिकोत्सवको औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य दिनेश पन्थी, धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, वडाध्यक्ष चेतमान कुँवरको उपस्थिति रहेको थियो । 

कार्यक्रममा अतिथिहरुले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सञ्चालन गर्ने कृयाकलापमा भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै विद्यालयको प्रगतिको कामना गरे । 

विद्यालयलाई शुभकामना दिने अन्य वक्ताहरुमा कार्यपालिका सदस्य बिमला पाध्यवती, नेपाली कांग्रेस सभापति शिव कुँवर, नेकपा एमाले अध्यक्ष डिलबहादुर खत्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष मदन थापा, नेकपा एकीकृत समाजवादीका लक्ष्मण सुनार, छात्रवृत्ति अक्षयकोष संस्थापक लक्ष्मण कुँवर, देउराली प्राविका प्रअ कमल खनाल रहेका थिए । 

विद्यालयको बुलेटिन नयाँगाउँ सन्देशको विमोचनसमेत भएको थियो । कार्यक्रममा अक्षयकोष छात्रवृत्ति वितरण, चन्दादाता सम्मानसमेत गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिलशोभा पुनले अध्यक्षता गरेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किरण पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक भीमप्रसाद पोख्रेलले कार्यक्रम संचालन गरेका थिए । 

सोही कार्यक्रममा शिक्षिका रीता मरासिनीको विदाइसमेत गरिएको थियो । 

विद्यालयले एक हप्तादेखि वार्षिकोत्सवका अवसरमा विविध खेलकुद कार्यक्रमसँगै वौद्धिक क्षमताका प्रतियोगिता आयोजना गरेको थियो । विजेता विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ